आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवयुग र अञ्जनको गोलमा नेपालको जित

नवयुग र अञ्जनको गोलमा नेपालको जित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

पोखरा, २१ जेठ – अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ ।

जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र  ह्यान्ड गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।

सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।

अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको नेपालले दोस्रो हाफमा केही डिफेन्सिभ मनस्थिति देखाए पनि सुन्दर गोल गर्न सफल भएको थियो ।

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्याप-इन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे । सोही अग्रताको सुखद् बचाउ गर्दै नेपालले जित सुनिश्चित गर्‍यो ।

जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->