बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अमेरिकामा रहेका युवाको सहयोगमा २८परिवारलाई खाद्यान्न वितरण

अमेरिकामा रहेका युवाको सहयोगमा २८परिवारलाई खाद्यान्न वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

बागलुङ, २१ जेठ– निशेधाज्ञाका कारण काम रोकिएर दैनिक गुजारा चलाउन कठिन भएका बागलुङको अमलाचौरका २८ परिवारलाई युवाहरुले खाद्यान्न वितरण गरेका छन् । अमेरिकमा रहेका अमलाचौरकै दुई युवाको सहयोगमा विपन्न र मजदुर परिवारका लागि खाद्यान्न उपलव्ध गराईएको हो । बागलुङ नगरपालिका– १२ अमलाचौर घर भई अमेरिकामा रहेका दाजुभाई हरी पौडेल र कृष्ण पौडेलले आफ्ना स्वर्गीय पिता खगेश्वर पौडेलको स्मृतिमा २८ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन् । उनीहरुले प्रति परिवार एक बोरा चामल, २ किलो दाल र एक पोका तेल वितरण गरेका हुन् । वडा कार्यालय मार्फत पौडेल दाजुभाई खाद्यान्न उपलव्ध गराएका हुन् । राहत सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष गुरुदत्त पाठकले विपतको बेलामा युवाले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।
वडालाई सहायता गर्दै बिपन्नलाई राहत दिएको भन्दै पाठकले रोजगारीका लागि बिदेशमा रहेका युवाले गुन लगाएको बताए । राहत वितरण कार्यक्रममा एमालेका वडा कमिटि अध्यक्ष ज्ञानेन्द्र ढकाल, नेपाली कांग्रेसका सभापति कोपिलामणि शर्मा, वडा सचिव भबिदत्त पन्त, पत्रकार कृष्ण अखेली, रेडियो कुशुमका कार्यक्रम संयोजक दिपेश विश्वकर्मा, कलाकार शिव अखेली, ईलाका प्रहरी कार्यलय बलेवाका प्रतिनिधी लगायतले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->