बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा जेठ ३१ सम्म निशेधाज्ञा

बागलुङमा जेठ ३१ सम्म निशेधाज्ञा

आईतबार र बुधबारका लागि बैंक तथा वित्तिय संस्थाहरु बिहान ७ देखि १० बजेसम्म खुल्न पाउने छन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

बागलुङ, २१ जेठ– बागलुङमा निशेधाज्ञा थप भएको छ । आगामी जेठ ३१ गतेसम्म जिल्लाभर निशेधाज्ञा हुने भएको हो । शुक्रबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जिल्ला सुरक्षा समितिलाई निशेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।
यसअघि भन्दा आगामी दिनमा हुने निशेधाज्ञा केही खुकुलो बनाईएको छ । समितिको निर्णय अनुसार बागलुङ जिल्लामा जेठ महिनाभर निशेधाज्ञा जारी हुने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुलाई हप्तामा दुई दिन सञ्चालन गर्न दिने निर्णय भएको छ । आईतबार र बुधबारका लागि बैंक तथा वित्तिय संस्थाहरु बिहान ७ देखि १० बजेसम्म खुल्न पाउने छन् ।
लामो निशेधाज्ञाका कारण आत्तिएको जनमानसमा केही राहत महशुस भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । वैशाख २० गतेदेखि बागलुङमा निरन्तर निशेधाज्ञा छ । कोरोना भाईरस संक्रमणको दर नघटेपछि चौथो पटक निशेधाज्ञा थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए । अहिले पनि बागलुङमा १ हजारभन्दा धेरै सकृय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->