आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गोल भन्दा पनि जित्ने लक्ष्य थियो: अन्जन विष्ट (फरवार्ड)

गोल भन्दा पनि जित्ने लक्ष्य थियो: अन्जन विष्ट (फरवार्ड)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

पोखरा,२१ जेठ–विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत विहिवार भएको खेलमा चाइनिज ताइपेइ विरुद्ध पहिलो गर्दै अग्रता दिलाए । उनले खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टीको सदुपयो गर्दै सहजै गोल गरे । अन्जनले यस अघि समेत इराक विरुद्धको मैत्रीपूर्ण खेलमा बराबरी गोल गरे । ताइपेइ विरुद्ध भएको खेलमा सुरुवाती अग्रता दिलाएका विष्टको यो विश्व कप छनोटमा तेस्रो गोल हो । विष्टले आफुहरु ताइपेइ विरुद्ध गोलका लागि मात्र नभइ जितका लागि खेलेको बताए ।

अन्जनले ताइपेइविरुद्ध जितपछि बोल्दै आफ्नो लक्ष्य सधैं टोलीलाई जित दिलाउनेमा हुने बताएका छन् ।‘गोल भन्दा पनि टोलीको जित्ने लक्ष्य थियो । हामीले प्रशिक्षकको रणनीति अनुसार खेल्न सफल भयौं,’ उनले भने, ‘हामी जित्नका लागि नै मैदानमा पसेका थियौं । र जित्नका लागि गोल हान्नपर्छ । हिजो मैले हाने अरु दिन अरु कसैले हान्छ, तर टोलीले जित्नुपर्छ भन्ने नै लक्ष्य हो ।’ नयाँ प्रशिक्षक आएसंगै टोलीमा समेत परिवर्तन आएको उनले बताए । अबका खेल केहि असहज हुने बताए । नेपालले चाइनिज ताइपेइलाई २–० ले हराउँदै थप ३ अंक जोडेको छ । नेपालको ६ खेलबाट ६ अंक रहेको छ भने ताइपेइ अंकविहिन छ । समुह बि मा रहेको अष्ट्रेलियाको ५ खेलबाट १५ अंक सहित शिर्ष स्थानमा रहेको छ । यस्तै कुवेत र जोर्डन समान १०–१० अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेको छ । नेपालले सोमबार जोर्डन विरुद्ध खेल खेल्दै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->