आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नयाँ अनुभवसंगै सेल्फ कन्फिडेन्ट हाइ भएको छ : कप्तान चेम्जोङ

नयाँ अनुभवसंगै सेल्फ कन्फिडेन्ट हाइ भएको छ : कप्तान चेम्जोङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

पोखरा,२१ जेठ– नेपाली राष्ट्रिय टोलीका कप्तान एवम् गोलरक्षक किरण चेम्जोङले नयाँ प्रशिक्षक आएसंगै नयाँ अनुभव पाएको बताएका छन् । ‘ नयाँ अनुभव भएको छ । हाम्रो खेल स्तरमा समेत वृद्धि भएको महसुस गरिहेका छौ । खेलाडीपनि सोहि अनुसार खेलिरहेका छन् । सेल्फ कन्फिडेन्स एकदमै हाइ भएको छ ’ उनले भने, ‘ नयाँ खेलाडीले पनि एउटा इन्प्रेसिभ खेल खेलिरहेका छन । हामी राम्रो खेल्ने छौ । हिजोको म्याचले पनि जितेका छौ हिजोको म्याचले बलियो बनाएको छ । सोहि सोचका साथ अबका खेल पनि खेल्नेछौ ।’
उनले नेपाली फुटबल प्रेमीलाई सकरात्मक कमेन्ट गरिदिन समेत आग्रह गरे । उनले समर्थकको मायाले नै खेल खेल्न छुट्टै आत्मबल आउने बताए । उनले नेपाली फुटबलाई अर्को लेभलमा पु¥याउन दर्शकको ठुलो हात हुने बताए । चाइनिज ताइपेइलाइ हराउँदै नेपालको कुल ६ खेलबाट ६ अंक रहको छ । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने भनिएको खेल कोरोना भाइरसका कारण न्युट्रल भेन्युको रुपमा कुवेतमा भएको हो । यस अघि काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने तय थियो । नेपालमा कोरोना भाइरस संक्रमण बढ्न थालेपश्चात बाकिका खेल कुवेतमा हुने भएको हो । नेपालले विश्व कप तथा एसियन छनोट अन्तरगत अब २ खेल खेल्न बाकि छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->