बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

समस्यामा परेकालाई युवाको राहत

समस्यामा परेकालाई युवाको राहत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७८, शनिबार

बागलुङ, २२ जेठ– बागलुङ नगरपालिका वडा नं. १२ मा राहत बितरणको अभियानै चलेको छ । देश र बिदेशमा रहेका युवाको समेत सहयोगजुटाएर स्थानीय अरुण आचार्य सहितका युवाले राहत बितरण गरेका हन् । आर्थिक रुपमा बिपन्न, मजदुर र दैनिक हातमुख जोड्न नसकेका परिवारका सदस्यलाई राहत वितरण भएको हो ।
उनले ४६ घरपरिवारलार्य नुन, तेल, चामल र दाल लगायतका सामाग्री सहयोग गरेको बताए । ३ लाख रुपैयाँ राहत रकम संकलनगरेपछि सोही रकमबाट खरिद गरेको सामाग्री उनलेबितरण गरेको बताए । उनले निशेधाज्ञाका कारण दैनिक खान समेत समस्यामा परेका अन्य कोही भएपनि सहयोग गर्ने बताए । समस्यामा परेकाहरुको खोजी समेत गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->