शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सम्भावित तेस्रो लहर र बागलुङमा तयारी

सम्भावित तेस्रो लहर र बागलुङमा तयारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७८, शनिबार
फाईल तस्विर

बागलुङ, २२ जेठ– कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आईसोलेसनमा रहेका शैयाको २० प्रतिशत शैया बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
बागलुङमा रहेको एक मात्र अस्पताल धौलागिरी अस्पतालमा तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ । अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष (एनआईसीयु र पीआईसीयु) छैन् । ‘बालबालिकाका लागि भनेर छुट्टै व्यवस्था केही पनि छैन्’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले भने ‘अहिले पनि शंकास्पद बिरामीको जाँच र उपचार वयस्कहरुको जस्तै गरेर गरिरहेका छौं, फर्काएका छैनौं ।’ बच्चाको लागि आवश्यक पूर्वाधारको तयारीमा लागेको उनले बताए ।
एक महिनाभन्दा कम उमेरका बालबालिकाका लागि अन्य समयमा समेत आवश्यक पर्ने एनआईसियु स्थापनाका लागि पटक–पटक आग्रह गरिएको भएपनि अहिलेसम्म संघीय र प्रदेश सरकारबाट सम्बोधन हुन नसकेको गुनासो उनले गरे । ‘२० प्रतिशत शैयाको विषयमा हामी छलफलमै छौं तयारी केही भैसकेको छैन्’ उनले भने ‘पूर्वतयारीमा लाग्ने निर्देशन छ सोही अनुसार काम हुन्छन् ।’
अस्पतालमा दाताहरुले बालबालिका लागि आवश्यक सघन उपचार कक्षको स्थापनामा चासो देखाएको उनले बताए । दाताको सहयोग लिएर व्यवस्थापनमा लाग्ने अस्पतालको तयारी छ । स्वास्थ्य कार्यालय बागलुङले भने सबै बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्थायी कोभिड अस्पताललाई दोस्रो र तेस्रो लहरका लागि तयार राख्ने प्रयास थालेको छ ।
‘बच्चा प्रभावित हुने भाइरसले बर्थिङ सेन्टरमा सबैभन्दा ठुलो प्रभाव राख्छ’ कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने ‘हामीले छलफल चलाउँछौं र निर्देशनअनुसार तयारी हुन्छ ।’ घिमिरेका अनुसार बालबालिकाको अक्सिजनको मात्र नाप्ने यन्त्र, मास्क, र अस्पतालहरुमा मनिटरीङ गर्ने विधिको अभाव छ । वयस्कहरुका लागि प्रयोग हुने स्रोतसाधनले बालबालिकाका लागि नहुने कार्यालयको आँकलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->