बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदीपले गरे स्वास्थ्य सामग्री सहयोग

प्रदीपले गरे स्वास्थ्य सामग्री सहयोग


  • Dhorpatan News
  • जेष्ठ २३ २०७८, आइतबार
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई स्वास्थ्य सामग्री हस्तानतरण गर्दै कांग्रेसका युवा नेता प्रदीप पौडेल ।

तनहुँ, २३ जेठ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता प्रदीप पौडेलले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शनिबार गृह जिल्ला तनहुँका अस्पताल र स्थानीय तहलाई उनले अक्सिजन कन्सन्ट्रेटरसहितका विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
नेता पौडेलले मास्क अभियानअन्तर्गत जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई ४ थान, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २÷२ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । दमौली अस्पताललाई पीपीईलगायतका स्वास्थ्य सामग्री दिएको पौडेलले जानकारी दिए । उनका अनुसार कन्सन्ट्रेटरसहित ५० हजार सर्जिकल मास्क, ४ सय थान पिपिई, सेनिटाईजर, पञ्जा, फेस लाइट, औषधिका कार्टुन, सरसफाई र चिकित्सकीय सामाग्री दिइएको हो ।
वोधिसत्ता विहार, नेपाल मेडिकल एसोसियसनलगायतका संस्था र व्यक्तिसँगको सहकार्यमा गृह जिल्लालाई कोरोना नियन्त्रणमा सघाउन खोजेको उनले बताए ।
स्रोत साधनको कमी भएतापनि संक्रमितको उपचारमा खटिरहेको बेला सहयोग आउने क्रम बढेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । ‘सबै पक्षको सहयोगले अस्पतालको हौसला बढाईरहेको छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->