बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जीउँदा वडा अध्यक्षलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली !

जीउँदा वडा अध्यक्षलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली !


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २३ २०७८, आइतबार

बागलुङ, २३ जेठ– बागलुङमा यतिबेला जिउँदो मान्छेलाई सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिएको बिषय चर्चामा छ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्तीलाई गलकोटकै एक व्यक्तिले सञ्चालन गरिरहेको सामाजिक सञ्जाल फेसबुक पेजबाट मृत्युको खबर सार्वजनिक भएको हो ।
गलकोट अपडेट र गलकोट बागलुङ नेपाल फेसबुक पेजबाट अध्यक्ष घर्तीलाई श्रद्धाञ्जली दिइएको थियो । ती दुवै फेसबुक एकाउन्टमा ‘निष्ठुरी दैव, तलाई नि राम्रै मान्छे चुन्नु पर्ने ? गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका वडा अध्यक्ष तथा नेपाल राष्ट्रिय मगर संघ जिल्ला अध्यक्ष समेत रहनुभएका तिलक घर्तीजीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । रेस्ट इन पिस ।
शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ लेखिएको थियो । साँझ मात्रै त्यो पोस्ट देखेपछि अध्यक्ष मगरले आफ्नो फेसबुक एकाउन्ट मार्फत आफू सकुशल रहेको जानकारी गराएका छन् । ‘केही मित्रले जे सोच्दै हुनुहुन्थ्यो, भगवानको कृपाले त्यो अहिले नै नहोस्, आखिर जन्मसँगै मृत्यु सत्य छ । केही मित्रजनबाट मेरो बारेमा मृत्यु पर्यन्त दिइने सद्भाव प्रकट गर्नु भएको रहेछ’, उनले फेसबुकमा लेखेका छन्, ‘मेरो शुभचिन्तक आफन्त तथा सम्पूर्ण साथीहरूमा यो गलत भएको र म सकुशल रहेको जानकारी गराउँदछु ।’
अध्यक्ष घर्तीले आफूलाई कुनै पनि स्वास्थ्य समस्या नभएको र गाउँमै काम गरेर रहेको बताए । दुवै पेजले अध्यक्ष घर्ती शकुशल रहेको भन्दै माफि मागेका छन् । अध्यक्ष घर्तीले आँफुलाई जिउँदै मार्ने काम भएको भन्दै कानुनी उपचारको खोजी भैरहेको बताए । उनको मृत्युको खवरले आफन्त र शुभ चिन्तकहरुमा चोट पुगेको बताए । गलकोट अपडेटसहित दुवै पेज चलाउँदै आएका विशाल क्षेत्रीले गम्भीर कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गरेका छन् । ‘आज म आफैसँग लज्जित छु। मैले हतार गर्दा, मेरो हतारको गल्तीले धेरै जनालाई हानि गरेको छ’, उनले भने, ‘म कुन शब्दले क्षमा मागु ? मसँग त्यो शब्द छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->