आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फिफा ड्रिम प्रोजेक्टलाई माछापुच्छ्रे गाउँपालिकाको सहयोग

फिफा ड्रिम प्रोजेक्टलाई माछापुच्छ्रे गाउँपालिकाको सहयोग

खोलाले कटान हुन सक्ने मुख्य क्षेत्रमा २ सय मिटरसम्म बाध लगाउने काम सुरु


  • विजय नेपाली
  • जेष्ठ २३ २०७८, आइतबार

पोखरा, २३ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले कास्कीको भेडावारीमा बनाउन लागेको एन्फा टेक्निकल सेन्टरका लागि माछापुच्छ्रे गाउँपालिकाले सहयोग गरेको छ । करिब करिब ५ सय रोपनी जग्गामा बनाउन लागेको फिफाको ड्रिम प्रोजेक्टमा गाउँपालिकाले समेत सहयोग गरेको हो ।
उक्त जग्गा जोगाउनका लागि एक छेउमा बाध निमार्ण गर्न आवश्यक थियो । करिब १ किलो मिटरसम्म रिटर्निङ वाल (बाध) लगाउन आवस्यक थियो । उक्त रिटर्निङ वाल लगाउने का मभने गाउँपालिकाले गरेको छ । गाउँपालिकाले २ सय मिटर वाल लगाउने काम गरेको छ । करिब ५ करोड रुपैँया लाग्ने अनुमान गरिएको वालका लागि हाल गाउँपालिकाले प्रोजेक्टको शिलान्यास नभएतापनि खोलाले कटान हुन सक्ने मुख्य क्षेत्रमा २ सय मिटरसम्म बाध लगाउने काम सुरु गरिसकेको छ ।
यो एउटा गौरवको योजना हो त्यसैले पनि गाउँपालिकाले रिटर्निङ वाल लगाउने काम गरेको माछापुच्छे« गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडीले बताइन् । ‘हामीले पालिकाबाटै १ करोड ५० लाखको लागतमा २ सय मिटरसम्म वाल लगाउँदै छौँ । करिब करिब काम सम्पन्न भएको छ ।’ उनले भनिन्, ‘१ किलो मिटर वाल लगाउनुपर्छ हामीले प्रदेश सरकारलाई गुहारेका छौ हेरौँ के हुन्छ ?
फिफाले पहिलो चरणमा १७ करोड ५५ लाख रुपैँया विनियोजन गरेको छ । पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमता सहितको प्यारापिट युक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङपुल, रेष्टुरेण्ट,पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->