बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संक्रमितको घरमै पुगेर साबुन र मास्क वितरण

संक्रमितको घरमै पुगेर साबुन र मास्क वितरण


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २४ २०७८, सोमबार

बागलुङ, २४ जेठ– नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानासहितको टोलीले जैमिनी नगरपालिकाका दशवटै वडामा रहेका कोरोना संक्रमितलाई भेट्ने अभियान थालेका छन् ।
संक्रमितको घर घरमै पुगेर साबुन र मास्क वितरण गर्दै उनीहरुले संक्रमितलाई आत्मबल बढाउन आग्रह गरेका छन् । ‘हरेक संक्रमितलाई एक थान साबुन र मास्क दिएका छौं, यो उनीहरुको आत्माबल बढोस् भन्ने हो’ रानाले भने ‘नियमित साबुन पानीले हात धुन र मास्कको प्रयोग गर्न भनेका छौं ।’
एकान्तबासमा बसेका संक्रमितलाई हौसला दिनको लागि आँफुहरुले अभियान थालेको युवा व्यवसायी बद्री ढुंगानाले बताए । समुहमा जैमिनी नगर सभासदस्य केशवराज शर्मा पनि सहभागि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->