पोखरा, २४ जेठ– विश्वकप छनोट तथा एशियन कप छनोट चरण अन्तर्गतको सातौ खेलमा आज नेपालले जोर्डनको सामना गर्दैछ ।
जोर्डनसंग नेपालको खेल इतिहास हेर्ने हो भने ३ पटक सम्म आम्ने साम्ने भइसकेका छन् । ३ पटकसम्मको भेटलाई हेर्दा नेपालले एक पटक समेत जित हासिल गर्न सकेको छैन् । नेपालले जोर्डनसंग एक पटक बराबरी खेल्नु नै सफलता हो । यी दुई टोली बिच पहिलो भेट २०११ जुलाई २३ मा भएको थियो । उक्त खेलमा जोर्डनको घरेलु मैदानमा नेपालले ९–० ले हार व्यहोरेको थियो । त्यसतै २०११ कै जुलाइ २८ मा नेपालले घरेलु मैदानमा १–१ को बराबरी खेलको थियो । भने तेस्रो पटक २०१९ अक्टोबर १५ मा जोर्डनको घरेलु मैदानमा नेपाल ३–० ले हार व्यहोरेको थियो । जोर्डन फिफा वारियतामा समेत नेपाल भन्दा ७६ स्थान माथि छ । जोर्डन फिफा वारियतामा ९५ औ स्थानमा रहेको छ भने नेपाल १७१ औ स्थानमा रहेको छ ।
तर पछिल्लो पटक नेपाली टोलीमा नयाँ प्रशिक्षक आएपश्चात खेल परिवर्तन समेत भएको पाइन्छ । कुनै बेला डिफेन्सलाइनमा व्यस्त हुने नेपाली खेलाडी अहिले भने आक्रमक खेलमा समेत उत्तिकै प्रभाव जमाइरहको छ । नेपालको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी आएपश्चात खेल स्तरमा समेत परिवर्तन आएको छ । नेपाली टोलीलाई सम्हाल्दा खेलाडीमा समेत छुट्टै उत्साह भेटिएको छ । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले ६–२ को हार व्यहोरेपनि समर्थकले नेपाली फुटबलको निकै चर्चा गरे । त्यसपश्चात चाइनिज ताइपेई विरुद्धको खेलमा समेत २–० को जीत हात पा¥यो । नेपालले विश्वकप छनोट अन्तर्गत यस अघि समेत ताइपेईलाई नै हराएको थियो ।
आज हुने खेल भने नेपाललेका लागि निकै महत्वपूर्ण रहेको छ । अर्को तिर प्रशिक्षकको रणनीतिले समेत नेपालले जोर्डनलाई कडा टक्कर दिने देखिन्छ । जोर्डन र नेपाल बिच चौथो पटक भेट हुदैँछ । जोर्डनलाई हराएमा नेपाल एशियन कपका लागि छनोट हुनेछ । भने विश्वकपका लागि समेत राहत मिल्ने देखिएको छ ।





