बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगरपालिका ५ दिन बन्द

बागलुङ नगरपालिका ५ दिन बन्द


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७८, मंगलबार

बागलुङ, २५ जेठ – स्टोर शाखामा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङ नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ । मंगलवारदेखि शनिवारसम्म स्वास्थ्य शाखा बाहेकका अरु सबै सेवा बन्द गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
‘एक जना कर्मचारीमा देखियो, त्यसैले अन्यमा नफैलियोस् भनेर बन्द गरियो’ पौडेलले भने, ‘अत्यावस्यक सेवा भएमा काम गरिनेछ ।’ केही दिनदेखि योजना सम्झौता, फरफारक लगायतको कामले ग्रामीण क्षेत्रबाट उपभोक्ता समितिका पदाधिकारी आउने क्रम बढेको थियो ।
भीडका कारण अन्यत्र पनि संक्रमण बढ्ने संभावना भएकोले कार्यालय बन्द गर्नु परेको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । यो अवधिमा नगरपालिकाका ती कर्मचारीको सम्पर्कमा रहेकालाई एन्टिजेन्ट परीक्षण गरिनेछ ।
‘लक्षण देखिएका भएमा पीसीआर गर्ने, नत्र तत्काल अबस्था जान्नकालागि एन्टिजेन्ट ठीकछ’ खनालले भने, ‘नगरमा संक्रमण मुक्त भएपछि मात्र सेवा प्रवाह गर्दा राम्रो हुन्छ ।’ नगरपालिकाको वडा नं. ४ उपल्लाचौरमा पनि केही टोल शिल गरिएको छ । ती स्थानमा पनि कोरोनाका संक्रमित धेरै देखिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->