बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा पनि जेष्ठ नागरिकलाई खोप सुरु

बागलुङमा पनि जेष्ठ नागरिकलाई खोप सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७८, मंगलबार

बागलुङ, २५ जेठ– कोरोना संक्रमणबाट बचाउन ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई मंगलबारदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।
यसअघि बागलुङमा भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो । उक्त खोप फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, निजामती कर्मचारी लगायतललाई लगाइएको थियो । भेरोसेल खोप झण्डै ९ हजारलाई लगाउने कार्यक्रम छ ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलकार ६४ बर्ष उमेर समूहकाले खोप लगाएका हुन् भने बुधबार ६३, बिहिबार ६२, शुक्रबार ६१ र शनिबार ६० वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाइने कार्यक्रम रहेको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
यसअघि ६५ वर्षदेखि माथीका जेष्ठ नागरिकले पनि कोभिशिल्ल खोप लगाएका थिए । उक्त समूहका मध्ये केही छुटेका छन् । बागलुङ नगरपालिकाभित्र मात्रै १ हजार ४ सय जेष्ठ नागरिकले खोप लगाउने खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->