बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव

रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २६ २०७८, बुधबार

बागलुङ, २६ जेठ– आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् ।
पानी परेको समयमा आफ्नो गाडि रोकिएकोले छाड्न आग्रह गर्दा स्थानीयलाई हातपात गरेको भन्ने कुरा झुट भएको उनले दाबी गरेका छन् । यादवले स्थानीयबाट आँफूलाई अपमान गरिएको र सुरक्षाका लागि प्रहरी बोलाएको बिज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।
यादवले आफ्नो नाम जोडेर बनाएको समाचारमा तथ्य नभएको भन्दै बागलुङ नगर खानेपानीका कर्मचारी घटनाको साछी भएको समेत उनले बताए । उनले उक्त समाचार कपोलकल्पित भएको समेत टिप्पणी गरेका छन् । उजुरी नपरेको भन्ने उनको भनाइमा भने उनको टिप्पणी मिलेको छैन ।
स्थानीयले हस्ताक्षर गरेर पत्र समेत पठाएकोले मेलमिलाप गराउने तयारी गर्दा स्थानीय नआएपछि यादवलाई पठाइएको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए । काठेखोलामा काम परेर गएका यादव रेशको नुनथला पुगेर फर्कदा विवाद भएको थियो । स्थानीयले झरीपछि घरमा बाढी पस्न लागेकोले भलबाढी पन्छाउन लाग्दा गाडि आएकोले तत्काल छाड्न नसकेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->