बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विपक्षी दलको सापकोटासंग आश : सापकोटा भन्छन्- ‘संसदीय दल बाहिर जान सक्दिन’

विपक्षी दलको सापकोटासंग आश : सापकोटा भन्छन्- ‘संसदीय दल बाहिर जान सक्दिन’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७८, बुधबार

बागलुङ, २६ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली (बिहिबार) संसदमा विश्वासको मत लिँदैछन् । नेपलको संविधान धारा ७६ (३) अन्र्तगत मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार बिहिबार विश्वासको मत लिन लागेका हुन् ।
गण्डकी प्रदेशमा विपक्षी गठनबन्धनबाट अविश्वासको प्रस्ताव आउनुपूर्व मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएका थिए । त्यसपछि पुनः ठुलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका गुरुङले विश्वासको मत लिनुपूर्व विकसित राजनीतिक घटनाक्रमले अहिले गण्डकी प्रदेश चर्चामा छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्देशन उल्लंघन गरेपछिको घटनाक्रम र सर्वोच्च अदालतले उनलाई थमौतीपछि गण्डकीको राजनीति तरंगित बनेको छ ।
६० सदस्य रहेको गण्डकी प्रदेशमा अहिले बहुमत पु¥याउन ३१ सांसदको समर्थन चाहिन्छ । विश्वासको मतमा ३१ मत नभएसम्म गण्डकीको राजनीतिक टुंगोमा पुग्दैन् । पछिल्लो घटनाक्रम र अंक गणितलाई हेर्दा दुवै पक्षमा बहुमत जुट्ने सम्भावना कम छ । विपक्षी गठबन्धनमा लागेको राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्णयभन्दा विपरित पृथ्वी सुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने दोहो¥याँदै आएका छन् । संसदमा अहिले विपक्षी गठबन्धनमा खुलेको ३० र सरकार पक्षमा खुलेका २८ मत छ । विपक्षमा नेपाली कांगे्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जनता समाजवादी पार्टिका २ तथा राष्ट्रिय जनर्मोचाका २ सांसद छन् । नेकपा एमालेका २७ सांसद (माधव नेपाल समुहका इन्द्रलाल सापकोटाबाहेक छन् ।
मंगलबार सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा एक मात्र सांसद इन्द्रलाल सापकोटाप्रति विपक्षीको आँखा गडेको छ । विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा वा फ्लोर क्रस गर्दा बहुमत पुग्छ ।
सापकोटाले भने संसदीय मुल्य र कार्यकर्ताको मनोभावना विपरित काम नगर्ने बताएका छन् । मंगलबार साँझ ढोरपाटनसँगको सम्वादमा सापकोटाले भने ‘यहाँ संसदीय दल एउटै छ, दलको निर्णय नै मेरो पनि निर्णय हुन्छ, जुन जनचाहना हो ।’
उनले आँफु कुनै निर्णयक नभएको भन्दै पदको लोलुप्तामा नलाग्ने बताए । ‘माथी पार्टीका अध्यक्ष व्यवस्थामा नै प्रश्न उठाउने गरी लाग्नुभएको छ, त्यो प्रदेशको कमजोरी होईन्’ सापकोटाले भने ‘मलाई मुख्यमन्त्रीसँग नजिक हुनुपनि छैन् र संसदीय दलको निर्णयविपरित जानु पनि छैन् ।’
सापकोटाले जनताको प्रतिनिधि भएकाले कम्युनिष्ट पार्टीबाट जितेको र सोही अनुसारको व्यवहार आँफुले गर्नुपर्ने बताए । ‘म तटस्थ बस्दा वा राजीनामा दिँदा जनताको मतको के कदर होला वा मेरो राजनीतिक जीवनको के होला’ सापकोटा भन्छन् ‘अन्त के गरे भन्ने होईन हाम्रोमा अबस्था के छ भन्ने कुरालाई मुल्यांकन गर्ने होला नी ?’
उनले वामपन्थी पृष्ठभुमीमै रहेर राजनीतिमा रहने प्रस्ट पारे । सापकोटाले विपक्षीलाई मतदान नगर्दा प्रदेशमा कसैको पनि बहुमतको सम्भावना छैन् । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा केन्द्रको निर्देशन अनुसार चल्ने र सभामुखले राजीनामा दिने परिस्थिती आउनु पूर्व गण्डकी प्रदेश मध्यवादीको बाटोमा लाग्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->