शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना महामारी नियन्त्रण ‘अरुभन्दा गण्डकी अब्बल छ’

कोरोना महामारी नियन्त्रण ‘अरुभन्दा गण्डकी अब्बल छ’


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २७ २०७८, बिहिबार

बागलुङ, २७ जेठ– एक साता पहिलेसम्म दिनमा २० जना भन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको सूचना सार्वजनिक गरिरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातायता सार्वजनिक गर्ने सूचनामा मृतकको संख्या घटेको छ । कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएकाको मात्रै तथ्यांक सरकारी निकायले राख्छ । मिल्दाजुल्दा लक्षण र जाँचपूर्व मृत्यु भएकाको भने कुनै लेखाजोखा छैन् । जाँच, संक्रमण र मृत्युदर सबै एकैपटक घट्दै गएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार महामारीको दोस्रो लहर सुरुभएका केही दिनयता आरटी पिसिआर रिपोर्ट आउन ७ दिनसम्म लाग्यो । कारण जाँचका लागि लिइएको थ्रोट स्वावको चाप धेरै थियो । अहिले बढीमा ३६ घण्टामा रिपोर्ट आउँछ । दैनिक संकलन हुने स्वावको संख्या घटेको तथ्यांक निर्देशनालयसँग छ ।
कोरोना महामारीको दोस्रो लहर चलेपछि गण्डकीमा अक्सिजनको चरम अभाव भयो । प्रदेशकै मुख्य अस्पताल गण्डकी अस्पतालमा एकैदिन– एकैपटक ६ जनाको अक्सिजनकै अभावका कारण मृत्यु भएको दुरावस्था गण्डकीले व्यहो¥यो । यो दुरावस्था व्यहोरेको गण्डकीले अहिले भने शैया, आइसीयु, अक्सिजन लगायतका कुनैपनि समस्या नरहेको दावी गर्न थालेको छ ।
‘अक्सिजनमा हामी अन्य प्रदेश भन्दा अब्बल छौं, यहाँ अब समस्या छैन’, पत्रकार महासंघ गण्डकीले बुधबार आयोजना गरेको भर्चुअल छलफलमा शर्माले भने, ‘शैयाको अवस्था पनि अन्यत्र भन्दा राम्रो छ, जनशक्ति सन्तुलित छ ।’ शर्माले गण्डकीको मृत्युदर धेरै देखिनुमा बाहिरबाट आएका बिरामीको चाप धेरै भएको बताए ।
पोखरामा राम्रो अस्पतालको खोजीमा आउने गम्भीर बिरामीहरुको मृत्युहुँदा तथ्यांक गण्डकीले राख्नुपर्ने उनले बताए । ‘काठमाण्डौबाट हेलिकप्टर चढेर आउने, अन्य प्रदेशबाट स–परिवार एम्बुलेन्स लिएर आउनेहरुका कारण यहाँको संख्या बढेको हो’, उनले दावीका साथ भने,‘गण्डकीको वास्तविक मृत्युदर तथ्यांक भन्दा कम छ ।’ गण्डकीमा यो समाचार तयार पर्दासम्म ७ सय ८९ जनाको मृत्यु भएको तथ्यांक छ । पछिल्लो २४ घण्टामा एक हजार २ सय ८२ जनाको मात्रै जाँच भएको छ ।
शर्माले ३ सय ७० जना चिकित्सक, स्वास्थ्यकर्मी र नर्ससहितको जनशक्ति प्रदेशले नै व्यवस्थापन गरेर मौजुदा जनशक्तिलाई सहयोग गर्नेगरी गण्डकी प्रदेशभर परिचालन गरेको बताए । उनले सम्भावित तेत्रो लहरका लागिसमेत तयारी भैरहेको बताए । ‘पाचौं लहरसम्म पुग्दा हामी खोप लगाएर सुरक्षित भैसकेका हुने छौं, तेस्रो लहरमा विज्ञले आँकलन गरेको जस्तो बालबालिका प्रभावित हुने भनेर एनआइसीयु र अन्य पूर्वाधारको तयारमा छौं’, उनले भने । सहरहरुमा निशेधाज्ञाले कोरोनाको चेन ब्रेक भएको भएपनि गाउँहरुमा अझै समस्या रहेको शर्माको भनाई थियो । पत्रकारहरुले गण्डकीले दिने सूचना, खोप, उपचार तथा खोजपड्तालमा भएका कमजोरीलगायतका विषयमा चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->