मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वास, पक्षमा २७ र विपक्षमा ३० मत

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वास, पक्षमा २७ र विपक्षमा ३० मत

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७८, बिहिबार

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गुरुङले प्रदेश सभाको आजको बैठकमा विश्वासको मत मागेका थिए । विश्वासको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ ।

विश्वासको प्रस्तावको पक्षमा नेकपा एमालेको सांसदले मात्रै मत दिएका छन् भने प्रदेश सभामा रहेका अन्य चार दलले विपक्षमा मत जाहेर गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे । स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) बैठकमा अनुपस्थित रहे ।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत र  १ जना सांसद मतदानमा सहभागी नभएको जानकारी दिए ।

विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ स्वत पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो ।

उपधारा ५ मा भनिएको छ, ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।’

अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->