मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी संसद जोगाउने भ्याक्सिन मै हुँ : दीपक मनाङे

गण्डकी संसद जोगाउने भ्याक्सिन मै हुँ : दीपक मनाङे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७८, बिहिबार

मैले उहाँहरुलाई सहयोग गरेको हो । तपाईंहरुको ३० पुग्छ भने हाल्दिन्छु ,नभए हाल्दिनँ । भनेको पनि हो । संसद विघटन गरेर चुनावमा जानेजस्तो इलिगल केही हैन, जानीबुझी गर्नै हुँदैन । एउटा मुस्ताङको एउटा कास्कीको होला । राजिव पहारी, एउटा विष्ट भयो, एउटा महेन्द्र थकाली आउनुभयो । मेरो त एक सिट हो, मैले हालेर के गर्ने भनेँ । अनि मैले बहुमत पुग्छ त भनेँ । संसद भंग हुन्छ, चुनावी सरकार हुन्छ । तपाईँ त मन्त्री भइसक्नुभयो, मोज हुन्छ भन्छ वा । म मोज गर्न मन्त्री हुन आएको हैन । पृथ्वीसुब्बा मेरो अहिलेपनि दाइजस्तो हो । एमालेकै ३० प्रतिशतले मलाई तपाईंले जोगाउनु प¥यो भने । तलब होला, चुनाव जितेर आएकोले बजेट लगेर काम गरिरहेको होला । उहाँहरुले पहिलोपटक मलाई हामी जसरी पनि बहुमत पु¥याउँछौँ भनेको थियो । पुगेन । दोस्रो चोटी पनि यसो सोचेँ । मनाङ र लमजुङको राम्रो सम्बन्ध छ । मैले यसो सोचेँ, यस्तो तालले त भएन । मैले दोस्रो पटक सपथ लिएँ । जुन क्याविनेट इलिगल कुरा गर्छ, त्यस्तोमा जानै हुँदैन । म ७ बजेसम्म त मन्त्रालयमै थिएँ नि । मैले संसद बचाउने हो, केद्रको यो रोग प्रदेशमा आउँदैछ । कोरोनाभन्दा पनि ठूलो विमार हो । कोरोना के हो र ? भ्याक्सिन लगाए सकिन्छ यो बिमारको त भ्याक्सिन पनि छैन । भ्याक्सिन भनेको त राजीव गुरुङ रहेछ । डाइरेक्ट संसद भंग गर्छु भन्छ भने त्यो मान्छे पोलिटीसियन हैन । जो मान्छेलपे संसद भंग गर्छु भनेर डिजाइन गर्छ ,त्यो मान्छेले के आधारले विश्वासको मत लिने ? अनि त्यो मान्छेलाई विश्वासको मत दिन जाने ? दिने मान्छे पनि बेवकुफ हैन ? त्यहाँको २७ जनापनि हैन ,त्यहाँको ५ जनाले बाँडेर खाने हो । जतिपनि केपी ओलीको यहाँ छन्, २६ जना छन्, एकजना ईन्द्रलाल सापकोटा मात्र गर्न हुन्न भन्ने हो अर्का २६ जनालाई त एक भोट, एक भोट, हजार–सजार हैन, यी २६ मा पनि ५ जनालाई जिताइयो भने त डुबेर मरेपनि हुन्छ । यिनीहरुलाई त मुद्दा लगाउनुपर्छ । के मुद्दा लगाउने नयाँ सरकारले गर्ला । यिनीहरुले त एकमहिना तयारी गरेका हुन् । यिनीहरुलाई त मुद्दा नै लगाउनुपर्छ । जानिबुझी सरकार ढाल्नेलाई त कि देशद्रोह लगाउनुप¥यो कि प्रदेशद्रोही मुद्दा लगाउनुप¥यो । म त मनाङ जिल्लाको सांसद हो, म हरायो भनेर कसले निवदेन हालेको छ र मलाई धरपकड गर्ने ? आपको बोटमा आँप नै फल्छ । बोट केपी ओली भयो । फल यिनीहरु भयो । हामीले आँपको बोटमा अब्बा खोजिरहेका थियौँ । यस्तो कुरामा मुख्यमन्त्री बोल्नु पर्दैन ? आज जाने भएपछि अलिकति बोलिरहेको छ (मुख्यमन्त्री) ले खुलेर बोल्नुप¥यो नि ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->