बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेवा र अन्तराष्ट्रिय समाजको सहयोग

नेवा र अन्तराष्ट्रिय समाजको सहयोग


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २८ २०७८, शुक्रबार

बागलुङ, २७ जेठ– बरेङ गाउँपालिकालाई नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र अन्तराष्ट्रिय बागलुङ समाजले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोभिड अस्पतालमा उपचारमा खटिँदा चहिने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना र नेवाका क्षेत्रीय प्रमुख कुमार सिलवालले ती सामग्री हस्तान्तरण गरेका हुन् । समाजले २० प्याकेट मास्क, १० थान सेनिटाइजर, डिजिटल थर्मोमीटर, ८ थान पीपीई, एन ९५ मास्कसहित सहयोग गरेको हो ।
नेवाले १५ लिटर सेनिटाइजर, ५ वटा अक्सिमिटर, ५ वटा डिजिटल थर्मोमिटर, १७ थान पीपीई, १ वटा सेनिटाइजर स्ट्यान्ड, ५० थान फेससिल्ड र ५ प्याकेट मास्क समेत सहयोग गरेको सिलवालले जानकारी दिए । खानेपानी तथा सरसफाइका कार्यक्रम र योजना संचालन गरिरहेकोले कार्यक्षेत्रका स्वास्थ्य संस्थामा सहयोग उपलब्ध गराइएको हो । नेवाले सोही परिणामका सामग्री जैमिनी नगरपालिका सहितका सबै पालिकामा पनि सहयोग गरेको सिलवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->