पोखरा, २८ जेठ– गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।
उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पु¥याएर निर्णय गर्ने बताएकी छन् ।
सांंसद पोखरेलले भने, ‘आज हामी ४ दलसहित ३१ जना सांसद सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भयौं । उहाँलाई हामीले गएर निवेदन दिएका छौं । अब १६८(५)लाई कार्यान्वयन गरियोस् । र, अहिलेको समयको चापले गर्दाखेरि चाँडै नै निर्णय होस् भनेर अनुरोध ग¥यौं । उहाँले म हेर्छु भोलिसम्म हेरेर तपाईंहरुलाई बोलाउँछु भन्नु भो । हामीले अनुरोध के ग¥यौं भने जसरी सम्मानिनय राष्ट्रपतिकोमा गएका सांसदलाई सनाखत गराइएको थियो ।त्यसरी नै यहाँ सशरीर उपस्थित हुनु भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङलगायतलाई सनाखत गरियोस् भनेका छौं । हामी त्यसैको प्रतीक्षामा छौं ।’
विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपछि फेरि हस्ताक्षर सनाखत गरेका छन् । सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर उनीहरुले हस्ताक्षर बुझाएपछि सबै जनाले फेरि हस्ताक्षर गरेका हुन् । हस्ताक्षर नक्कली हो भनेर फेरि सत्ता पक्षकाले दाबी गरे भने त्यसैको प्रमाणका लागि उनीहरुले सनाखत गर्नु परेको वताएका छन् ।





