मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

३१ जनाको हस्ताक्षर बुझाए पनि नयाँ सरकार आज नबन्ने !

३१ जनाको हस्ताक्षर बुझाए पनि नयाँ सरकार आज नबन्ने !

प्रदेश प्रमुख सीताकुमार पौडेलले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान वमोजिम नै काम गर्ने हो ।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७८, शुक्रबार

पोखरा, २८ जेठ – गण्डकीमा सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएर सनाखत गरे पनि नयाँ सरकार आज नबन्ने भएको छ । हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख सीताकुमार पौडेलले आफूले भोलि दिउँसो ३ बजेसम्मको समयसीमा तोकेकोले कानुन वमोजिम नै हुने बताएकी छन् । उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान वमोजिम नै काम गर्ने हो ।’

सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर प्रतिपक्षी दलका सांसदहरुले फेरि हस्ताक्षर गरेका हुन् । हस्ताक्षर नक्कली हो भनेर फेरि सत्ता पक्षकाले दाबी गरे भने त्यसैको प्रमाणका लागि उनीहरुले सनाखत गर्नु परेको वताएका छन् ।

प्रदेश प्रमुखले भोलि दिउँसो ३ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित भएर बुझाइएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न आजै आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->