बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आपत्तिजनक तस्विर सार्वजनिक गर्ने शिक्षक पक्राउ

आपत्तिजनक तस्विर सार्वजनिक गर्ने शिक्षक पक्राउ

पक्राउको बिषयलाई लिदएर एकिकृत अखिल नेपाल शिक्षक संगठनले आपत्ति जनाएको छ ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २८ २०७८, शुक्रबार

बागलुङ, २८ जेठ– राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक तस्विर बनाएर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेको आरोपमा बागलुङबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा रहेको भैण्डाँडा आधारभुत बिद्यालयका प्रधानाध्यापक रामेन्द्र खड्का पक्राउ परेका हुन् ।
तीन दिनअघि सार्वजनिक भएको तस्विरका बिषयमा महिला अधिकारकर्मीहरुले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालयले खड्कालाई स्पष्टिकरण लिएको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केवी शर्मा ओलीको अनुहार मिलाएर बनार्ईएको आपसत्तिजनक तस्विर सामाजिक सञ्जालमा साझा गरेको आरोप लागेको थियो ।
स्थानीय प्रशासनले स्पष्टिकरण मागेपछि खड्काले उक्त तस्विर सामाजिक सञ्जालबाट हटाएका थिए । लगत्तै उनको कोरोना जाँचका लागि पीसीआर गर्न थ्रोट स्वाव संकलन गरिएको पारिवारिक स्रोतले बताएकोछ । कोरोनाको रिपोर्ट नेगेटिभ आएलगत्तै खड्का पक्राउ परेका हुन् । उनलाई बिहिबार राती जिल्ला प्रहरी कार्यालय बागलुङले बिना पक्राउ पुर्जि पक्राउ गरेर पोखरा पठाएको थियो ।
शुक्रबार प्रादेशिक प्रहरी कार्यालयले पक्राउ पुर्जीबिना काठमाण्डौस्थित साईवर क्राईम व्युरोमा पठाएको छ । ‘को के हामीले सूचना दिन मिल्दैन, एक जना पक्राउ परेका छन्’ प्रहरी निरीक्षक उमेश प्रसाद शाहले भने ‘बाँकी कुरा खुलेको छैन ।’ प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबिन्द आर्यालले भने फोनमा प्रतिक्रिया दिएनन् ।
खड्का पक्राउको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङले अनबिज्ञता जनाएको छ । ‘नाम मात्रै सुनेको हो, तर घटनाको बिषयमा जानकारी भएन’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इक्वाल हवारीले भने ‘हामीले नै पक्राउ गरेर पठाएको हो, साईवर क्राईम भन्ने सुनेका छौं ।’ खड्काले फोटो शेयर गरेपछि बागलुङका निवर्तमान प्रतिनिधिसभा सदस्यले नै उनलाई पक्राउ गर्न दवाव दिएको प्रहरी स्रोतले जनाएको छ ।
उनको पक्राउको बिषयलाई लिदएर एकिकृत अखिल नेपाल शिक्षक संगठनले आपत्ति जनाएको छ । शुत्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै संठनले तत्काल बिना सर्त रिहाईको माग गरेको छ । उनलाई झुठ्ठा मुद्धा लगाएर फसाउने काम भएको संगठनका अध्यक्ष जीत बहादुर थापा र सचिव बिरबहादुर चोखालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->