मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग

ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

पोखरा, २९ जेठ– पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीको बेला कर्म क्षेत्रमा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गर्दै बिहीबार ती सामग्री हस्तान्तरण गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बताए ।
‘सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राख्दै मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड दिइएको हो,’ उनले भने, ‘आवश्यक पर्दा बाटोमा मास्क बिना हिँड्ने बटुवाहरुलाई पनि मास्क दिन हामीले आग्रह गरेका छौं ।’ स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा संघका कोषाध्यक्ष तथा पोउवा संघ कोभिड भाइरस राहत संकलन उपसमिति संयोजक बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री र कार्यसमिति सदस्य तथा स्वास्थ्य उपसमिति संयोजक भरत केसी सहभागी थिए । संघले यसअघि पोखराको लामाचौरमा रहेको मातृशिशु अस्पताल तथा लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कोषाध्यक्ष बलराम आचार्यले बताए ।
संघलाई ज्ञापनपत्र
थोक व्यवसायी संघ कास्की तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले सक्दो छिटो खोपको प्रबन्ध गरिदिन पोखरा उद्योग वाणिज्य संघ गुहारेका छन् । थोक व्यवसायी संघका अध्यक्ष लोखनाथ सुवेदी तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष राजु पौडेलले संघका अध्यक्ष नारायण कोइरालालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । दुवै संस्थाको ज्ञापनपत्रमा निषेधाज्ञाका कारण व्यवसाय चौपट भएको र निषेधाज्ञ समस्याको समाधान नभएकोले खोपको व्यवस्था गरिनुपर्ने माग गरेका हुन् । ज्ञापनपत्र बुझ्दै संघका अध्यक्ष नारायण कोइरालाले सरकारले स्वीकृति दिए पोखरा उद्योग वाणिज्य संघ खोप ल्याउन तम्तयार रहेको जानकारी दिए । संघले यसअघि नै नेपाल सरकारसँग निजी क्षेत्रलाई खोप ल्याउने अनुमुति दिनको लागि आग्रह गरेको स्मरण गर्दै स्वीकृति पाएमा नेपाल उद्योग वाणिज्य महासंघसँको सहकार्यमा खोपको प्रबन्ध गरिने बताए ।
नोटः तस्वीरहरु छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->