बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

बागलुङ, २९ जेठ– कोरोना महामारीमा अग्रभागमा रहेका काम गरिरहेका बागलुङका पत्रकारहरुका लागि बिभिन्न संघ संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसमा आवद्ध युवा नेताहरुले पत्रकार महासंघ बागलुङ मार्फत पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । पत्रकारहरुलाई वितरण गर्नका लागि माक्स, स्यानिटाइजर, सावुन लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको उनीहरुले जनाएका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लिराम सुवेदी र पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहका प्रताप पौडेलले पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कंडेललाई स्वास्थ्य सामाग्री हत्तान्तरण गरेका थिए ।
उनीहरुले पत्रकारहरुलाई एक हजार थान माक्स, पाँच लिटर स्यानिटाइजर, ४० थान एन नाइटीफाइव माक्स, दुईथान अक्सोमिटर, एक दर्जन साबुन तथा १० थान थर्मोमिटर प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->