बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिकाउदै गरेको ट्याक्टरको ठक्करबाट लहरेपिपलमा शिक्षिकाको मृत्यु

सिकाउदै गरेको ट्याक्टरको ठक्करबाट लहरेपिपलमा शिक्षिकाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार

बागलुङ, २९ जेठ- बागलुङ नगरपालिका-६ लहरेपिपलमा शनिवार विहान ट्याक्टरले ठक्कर दिदा काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका कमला कुमारी शर्माको मृत्यु भएको छ ।

ग १ त ६३०३ नम्बरको ट्याक्टरले ठक्कर दिदा बागलुङ नगरपालिका-४ पाखाथरका ५२ वर्षीया शर्माको घट्नास्थलमा नै मृत्यु भएको वडा नं. ६ का सचिव रुद्र केसीले जानकारी दिए ।

प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सह-चालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ । ट्याक्टर चलाउन सिकाउने क्रममा घट्ना भएको वडासचिव केसीले वताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->