मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बाको पनि दावी, अव के होला ?

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बाको पनि दावी, अव के होला ?


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७८, शनिबार
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दिएको समय अवधिभित्रै नेकपा एमालेका संसदीय दलका नेता तथा वहालवाला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् ।

जनता समाजवादी पार्टीको र जनमोर्चाबाट पदमुक्त सांसद कृष्ण थापाको समर्थन पत्रसहित उनले दावी गरेका हुन् । जसपा संसदीय दल र जनमोर्चाले भने मुख्यमन्त्रीमा विपक्षी गठवन्धनका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेको छ ।

गुरुङले पनि मुख्यमन्त्री दावी गरेपछि विपक्षी गठवन्धनका ३१ जना सांसद नै सशरिर आज पनि प्रदेश प्रमुखसमक्ष उपस्थित हुने तयारी गरेको नेपालीले वताए ।

प्रदेश प्रमुखले दुवै दावी अस्विकृत गरेमा गण्डकी प्रदेश पनि मध्यावधी निर्वाचनमा जानेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->