बागलुङ, २९ जेठ– गाउँलाई कोरोना संक्राण सुन्य बनाउन पालाले घर घरमा स्यानीटाईजर र मास्क अभियान थालेको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नंं. १ पालाले वडाबासीका घर घरमा मास्क र सेनिटाईजर पु¥याएको हो ।
जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मिको समुह बनाएर हरेक घरमा स्वास्थ्य सामग्री पु¥याईएको वडाअध्यक्ष खडक बहादुर थापाले बताए । ‘गाउँमा हेलचक्राईं भयो, मास्कको अभावले पनि सर्वसाधारणमा संक्रमणको त्रास थियो’ थापाले भने ‘हामिले निशुल्क रुपमा वडाबासीको हरेक घरमा स्वास्थ्य सामग्री पु¥याएका छौं ।’
प्रत्येक घरका लागि ५० थान मास्क र एक बट्टा सेनिटाईजर उपलव्ध गराईएको छ । पाला स्वास्थ्य चौकीका प्रमुख ध्रुव केसीले सर्वसाधारणलाई कोभिडका लक्षण, यसबाट बच्न अपनाउनुपर्ने साबधानी र स्वास्थ्य मापदण्डका बिषयमा जानकारी गराएका थिए ।
वडाभर रहेका ७ सय ५० घर परिवारलाई प्रति परिवार ३ सय रुपैयाँका स्वास्थ्य सामग्री दिईएको वडा सचिव शिव रिजालले बताए । यो वडामा हालसम्म ५० जना संक्रमित पुगेका छन् । पहिलो लहरका बेला १९ जना र दोस्रो लहरका बेला ३१ जना संक्रमित भएको वडाको तथ्यांक छ ।





