पोखरा, २९ जेठ – मु्ख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसु्ब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना सुरु गरेका छन् । आफूहरुसँग स्पष्ट बहुमत हुँदा पनि नबोलाइएको र नक्कली दाबी पेश गरेको भन्दै उनीहरुले धर्ना सुरु गरेका हुन् ।
विपक्षी गठबन्धनले प्रदेश प्रमुखले १६८(५) को सरकार बनाउन आह्वान गरेलगत्तै सशरीर उपस्थित भएर बहुमत दाबी गरेका थिए । उनले शुक्रबार सरकार बनाउन समय रहेको भन्दै शनिबारमात्रै निर्णय दिन सक्ने बताएकी थिइन् ।
प्रदेश प्रमुखको कार्यालयमा भौतिक उपस्थितिसहित हस्ताक्षर सनाखत गरेका विपक्षी आफ्नो सरकार बन्नेमा ढुक्कै थिए । तर, शनिबार प्रदेश राजनीतिमा ट्विस्ट आएको थियो । प्रदेश प्रमुखले दिएको समयवधि सकिन केही समय बाँकी हुँदा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि बहुमत दाबी गरेका थिए । उनले जनमोर्चा र जसपाको साथ आफूसँग रहेको दाबी प्रस्तुत गरेका छन् ।
प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रीय राजनीति प्रदेशमा दोहोरिएको प्रतिक्रिया दिए । उनले भने, ‘अहिलेको सरकार केन्द्रीय सरकारको डुब्लिकेट हो, यहाँ त्यही भएको छ । यसको घोर भत्र्सना गर्छौं ।’ पोखरेलले राज्य संरचना हातमा लिएर नांगो नाच गरेको भन्दै अदालतमा जाने संकेत गरे । उनले भने, ‘राज्यले संयन्त्र हातमा लिएर नंगा नांगो गरिसकेपछि पब्लिक अदालतमा जानुप¥यो ।’
जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले भने, ‘अब त संसदीय वयवस्थालाई आगो लगाएर नेपाली जनताले हिजो माओवादी आन्दोलनको लड्याथे । अब फेरि लडाइँ लड्नुपर्ने बेला भइसक्यो । फेरि केपी ओलीको विरुद्ध अब बन्दुक बोक्नुप¥यो हामी ? फेरि त्यसरी नै ठोक्नुप¥यो हामी ? त्यही खोजेका हुन् यिनीहरुले ? राजनीतिक ढंगले यो अस्थिरता कायम गर्ने, हामी प्रदेश प्रमु्खप्रति सम्मान गर्छौं । तर, प्रदेश प्रमुख हो भने राजनीतिक ढंगले व्यवहार गर्नुप¥यो । हामी त्यो चाहन्छौं ।’
जनमोर्चाका संसदीय दलका नेता पियारी थापाले भनिन्, ‘हाम्रो समर्थनमा चाहिँ विपक्षी गठबन्धनलाई दिएको स्पष्ट छ । त्यही अनुसार हिजो सशरीर उपस्थित भएर हामी २ जनाले हस्ताक्षर पनि गरिसकेका छौं । जुन सांसदलाई साधारण सदस्यतासमेत नरहेन गरी कारबाही गरिएको छ ।जसलाई सांसद पदबाट पनि बर्खास्त गरिसकिएको छ । त्यो बर्खास्त व्यक्तिले म आधिकारिक व्यक्ति हुँ भनेर जान सक्ने कानुनी प्रावधान यो कसले सिकाइराखेको छ ? यो मुलुक मुलुक कुन बाटोमा हिँडिरहेको छ ? हामीलाई आश्चर्य लागेको छ । यो खालको निष्कृस्ट काम गर्नेलाई हामीले छोड्नु हुँदैन । यसता खालका गतिविधिले संवैधानिक अपराध देखाउँछ । मुलुकमा एक खालको प्रतिगन लाँदेर यो प्रदेशमा त्यै खालको गतिविधि बढाइएको छ ।यसको हामी घोर भत्र्सना गर्दछौं ।’





