बागलुङ, २९ जेठ– कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामको एक सामाजिक संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
स्थानीय प्रगतिशिल युवा क्लव तंग्रामले काठेखोला गाउँपालिका वडा नं. ४ मा ४ हजार थान मास्क, ८ थान पीपीइ, १ सय एमएलका १ सय थान स्यानिटाइजर ८० थान साबुन, २५ थान डिजिटल थर्मोमिटर, ३ थान पल्स अक्सिमिटर, भिटामिन सी को ६ प्याक, भिटामिन डी १सय २० पिस, सर्जिकल पञ्जा १० सेट र रुघाखोकी औषधी ६० थान लगायतका स्वास्थ्य सामाग्री दिएको हो ।
संस्थाका अध्यक्ष धन बहादुर पुन र सल्लाहकार टेक बहादुर पुनले संयुक्त रुपमा काठेखोला ४ तंग्रामका कावा अध्यक्ष रिम बहादुर पुनलाई हस्तान्तरण गरेका हुन् । क्लवले आफ्नो टोलमा रहेका ७० घर परिवारलाई पनि माक्स र स्यानीटाईजर बितरण गरेको छ ।
कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा थोरै भएपनि सहयोग होस भनेर ती सामान बितरण गरिएको पुनले बताए । यस अघिपनि क्लबले स्वास्थ्य सामाग्री दिंदै आएको थियो । कावा अध्यक्ष पुनले वडामा संक्रमित बढीरहेकोले उपचार र संक्रमण रोकथाममा साथ मिलेको बताए । संघसंस्थाको हातेमालोबाटै कोरोना नियन्त्रण संभव हुने उनको धारणा छ ।





