बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

को हुन् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ? यस्तो छ उनको बायोग्राफी!

को हुन् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ? यस्तो छ उनको बायोग्राफी!


  • खगेन्द्र पराजुली
  • जेष्ठ २९ २०७८, शनिबार
नेपाली काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली ।

नवलपुर, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिवार नियुक्त भएका छन् ।
यस्तो छ उनको बायोग्राफी :
–वि.सं. २०४८ सालदेखि निरन्तर १९ वर्ष नेपाली काँग्रेस नवलपरासी जिल्ला सभापति, बाह्रौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ।
–२०४८ सालको निर्वाचनमा नवलपरासी क्षेत्र नं. ४ मा उम्मेदवारी, नेकपा एमालेका त्रियोगीनारायण चौधरीसँग पराजित ।
– २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नं. ३ उम्मेदवारी, नेकपा एमालेकै कृष्ण पौडेलसँग २ सय २५ मत अन्तरले पराजित ।
– २०७४ सालको निर्वाचनमा नवलपुर क्षेत्र नं. १ ‘क’ भूगोलमा प्रदेश सांसदमा उम्मेदवारी, नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्य न्यौपानेलाई ३ सय ८२ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित ।
– विसं.२००६ साल मंसीर १३ गते तनहुँको चुँदीमा जन्म । ३ भाईमध्ये माईला छोरा ।
– पञ्चायत कालमा तनहुँकै स्थानीय बिद्यालयमा शिक्षकको भूमिकामा रहेर भूमिगत राजनीतिमा सक्रिय ।
– भारतको बनारस दरभंगामा बावु गोवद्र्धन शर्मा पोखरेलसँगै रहँदा विपी कोईराला लगायत कांग्रेसका नेताहरुसँग सम्पर्क–सम्वन्ध ।
– दरभंगाबाटै मानविकी र त्रिविबाट कानूनमा स्नातक ।
–पार्टीले पार्टी गतिविधिका लागि जिम्मेवारी दिएरै तनहुँबाट नवलपरासी खटाएको ।
– पार्टी जिल्ला सभापति रहँदा नवलपरासी सदरमुकाम परासीमै बसेर आफ्नो कानून ब्यवसाय र राजनीतिलाई सँगसँगै अगाडी बढाएको ।
– हाल गैंडाकोट नगरपालिका वडा नं. १ मा बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->