मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मनाङेबाट धोका भयो, धतुरोको बोट हुर्काएर अमृत पाउँछ ? : पृथ्वीसुब्बा

मनाङेबाट धोका भयो, धतुरोको बोट हुर्काएर अमृत पाउँछ ? : पृथ्वीसुब्बा


  • ढोरपाटन संबाददाता
  • जेष्ठ ३० २०७८, आइतबार

पोखरा, ३० जेठ- गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेबाट धोका पाएको टिप्पणी गरेका छन् ।
‘मैले सोचेँ राजनीतिमा,रत्नाकर डाँकु पनि वाल्मिकी बन्न सक्छ भने, एउटा समाज चु तिया हिजो डाँकुको सरदार थियो, हाम्रो दीपक मनाङे हामीजस्तै एउटा राजनीतिज्ञ किन बन्न सक्दैन, म सुध्रिन्छु, समाजसेवामा आउँछ भने किन सक्दैन, मैले त्यसलाई सघाएको हो’,आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘कहिले कहिले के हुन्छ भने सबै डाँकुहरु वाल्मिकी त हुँदो रहेछन् ।’मनाङेलाई आफैले चुनावमा सघाएकोमा पछुताउ पनि व्यक्त गरे ।
‘आँगनमा धतुरो रुख पाल्ने अनि अमृत पाउँदैन कसैले । त्योभन्दा ठूलो धोका के हुन्छ रु’,उनले भने,‘उसलाई चुनाव जिताउने मै हो ,अब म यस्तो गर्दिन, चुनाव लड्छु, समाजसेवा गर्छु भनेर एमाले प्रवेश गरेको हैन रु उहाँलाई सभासदको रुपमा सपथ गर्न सभामुख नै मान्नु भएको थिएन, यहाँका सांसद मानेका थिए रु अवसर दिने मै हो । म त हिजोदेखि ल्याएको हो नि ।’
पृथ्वीसुब्बाले आफ्नो सत्ता जोगाउन मनाङेलाई मन्त्री बनाएका थिए । तर, अन्तिम समयमा मनाङेले आफू स्वतन्त्र रहेको बताउँदै पृथ्वीसुब्बाको साथ छाडेका थिए । मनाङे अहिले गण्डकीको विपक्षी गठबन्धनबाट विना विभागीय मन्त्री बनेका छन् । निवर्तमान मुख्यमन्त्री गुरुङले मनाङे एमाले प्रवेश गरिसकेको र पार्टीलाई लेबी पनि तिरेको जिकिर गर्दै आफूले चाहेको भए सांसद पद नै गुम्ने अवस्था आउने ठोकुवा पनि गरे । राजनीति सिक्दै छ भन्ने ठानेर आफूले त्यो कदम नचालेको पृथ्वीसुब्बाको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->