बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ग्रामीण सडकबाट भल पसेपछि ८ घर विस्थापित

ग्रामीण सडकबाट भल पसेपछि ८ घर विस्थापित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७८, आइतबार

बागलुङ, ३० जेठ– लगातार बर्षातले बागलुङको बडिगाड गाउँपालिका वडा नं. ७ मा बाढीले आठ घरमा क्षति पुगेको छ । ग्रामीण सडकबाट झरेको भलबाढी घर घरमा पस्दा घरपरिवारका सदस्य विस्थापित भएका हुन् ।
स्थानीय टुनीवोट गाउँका मनबहादुर दमाइ, खिमबहादुर दमाइ, नरबहादुर दमाइ र नविन दमाइको घरमा क्षति पुगेको हो । त्यस्तै, भुपाल गुरुङ, गम्मरसिंह गुरुङ, नरबहादुर गुरुङ र शेरबहादुर रोकाको घरमा पनि क्षति पुगेपछि विस्थापित भएको वडा अध्यक्ष कृष्ण गुरुङले बताए । विस्थापितहरु छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
यहाँबाट खनेको सडक वडा नं. ८ को रणसिंकिटेनी जान्छ । बाढीले उक्त सडक पनि अबरुद्ध भएको हो । ग्रामीण सडक खन्दा डोजर प्रयोग गरिएको थियो । सडक छेउमा नालीलगायतका संरचना बनेका छैनन् । अत्याधिक पानी परेपछि खस्ने पहिरोले तल्लो क्षेत्रका बस्तीमा असर पर्नेक्रम अझै बढ्ने स्थानीयले गुनासो गरे ।
अघिल्ला वर्षपनि जथाभावी खनिएका ग्रामीण सडकले भलबाढी पसेर धेरै घर विस्थापित भैरहेका थिए । वर्षात्को बल्ल सुरुवात भएकोले अझै धेरै समस्या आउने पीडित रोकाले बताए । उनीहरुले तत्काल पहिरो नियन्त्रणको काम गर्न माग गरेका छन् । वडाध्यक्ष गुरुङले पनि मर्मत र रोकथामको काम थाल्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->