बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा थप एकसाता निषेधाज्ञा लम्बियो

बागलुङमा थप एकसाता निषेधाज्ञा लम्बियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७८, आइतबार

बागलुङ, ३० जेठ–

जिल्ला प्रशासन कार्यालय बागलुङले असार ७ गते सम्म लागू हुने गरी निशेधाज्ञा ढाएको छ । जिल्लाको कोरोना नियन्त्रणको अबस्था अझै सुधार नभएको निष्कर्षपछि निशेधाज्ञा बढाइएको हो ।
सरकारले जारी गरेको निर्देशन अनुसार जिल्लामा कोरोनाका सक्रिय संक्रमित २ सय जना रहेसम्म निशेधाज्ञा रहनेछ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको आइतवारको बैठकले निशेधाज्ञा थप गर्न प्रशासनलाई सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा निशेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

यस अघिको निर्णय भन्दा निशेधाज्ञा केही खुकुलो पार्ने गरी प्रशासनले तयारी समेत गरेको छ । यस अघि आइतवार र बुधवार खुलेका बित्तिय संस्था सातामा ४ दिन खुल्न पाउने व्यवस्था गरिएको छ । ती संस्थालाई बिहान ७ देखि १० बजे सम्म खुलाइनेछ । त्यस्तै तरकारी, फलफूल दूध र दैनिक उपभोग्य सामाग्री खरिद गर्ने पसल बिहानको समयमा खुलाउन पाउने समेत निर्णय गरिएको छ । आइतवार, मंगलवार, बुधवार र शुक्रवार ती संस्था खुलाउन पाइने उल्लेख छ ।

सेवा प्रवाह गर्दापनि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य गर्नुपर्न उल्लेख छ । यसपटक प्रशासनबाट कुनैपनि पास समेत जारी नहुने प्रजिअ कार्कीले प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख छ । तोकिएको समय बाहेक अन्य समयमा निशेधाज्ञा कडाइ हुनेछ । सरकारले जारी गरेको निशेधाज्ञा सम्बन्धी अध्यादेश २०७८ पनि पूर्ण रुपमा पालना हुने बताइएको छ । उक्त अध्यादेशमा निशेधाज्ञा उलंघन गर्नेलाई जरिवाना र जेल सजाय समेतको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->