पोखरा, ३१ जेठ – गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम आज दिउसो ३ बजे प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख सिता कुमारी पौडेलले प्रदेश सभा सञ्चालन भइरहेको पोखरास सभागृहमा दिउसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को बजेट असार १ गते ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले त्यसअघि नै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्ववको सरकारले नीति तथा कार्यक्रम आजै प्रस्तुत गर्न लागेको हो ।
बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरिसकेका छन् ।





