मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७८, सोमबार

पोखरा, ३१ जेठ – राष्ट्रिय जनमोर्चावाट बागलुङ निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्चको सो आदेशसँगै थापाको सांसद पद गएको हो । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->