बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कांग्रेस बोकेर हटाइयो, सर्वोच्चको निर्णय ठिकै छ : सांसद थापा

कांग्रेस बोकेर हटाइयो, सर्वोच्चको निर्णय ठिकै छ : सांसद थापा

अब गाउँ गएर आफ्नै पुरानै सेवाको कामलाई निरन्तरता दिन्छु । अरु के नै गर्न सकियो र ? उनले भने ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७८, सोमबार

पोखरा, ३१ जेठ– पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापाले पार्टीले कांग्रेसलाई बोकेर आफूलाई हटाएको प्रतिक्रिया दिएका छन् । ढोरपाटनसँग कुरा गर्दै उनले पार्टी इतिहासकै मजाक भएको बताएका छन् ।
‘सर्वोच्चको निर्णयलाई अस्वीकार गर्न सकिन्न । त्यो त स्वीकार्नै पर्छ,’ पदमुक्त सांसद थापाले भने, ‘पार्टीले कांग्रेसलाई बोकेर आफ्नै सांसद हटायो । पार्टी इतिहासकै मजाक भएको छ ।’ आफू पदमा नरहेपनि गाउँमा फर्किएर सामाजिक सेवालाई निरन्तरता दिइरहने थापाले बताए । ‘सांसद हुँदा सदनमा बोलेर आफ्नो काम गर्ने हो । अब गाउँ गएर आफ्नै पुरानै सेवाको कामलाई निरन्तरता दिन्छु । अरु के नै गर्न सकियो र ?’ उनले भने ।
थापा पदमुक्त भएसँगै गण्डकी प्रदेश अब ५९ सदस्यीय भएको छ । थापालाई यसअघि पार्टी ह्विपविपरीत लागेको भन्दै जेठ २० गते कारबाही गर्दै पदमुक्त गरेको थियो । तर, उनी पार्टीको कारबाहीविरुद्ध अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले जेठ २३ गते उनको पद थमौती गरिदिएको थियो ।
अदालतले पद थमौती गरिदिएपछि पनि जेठ २७ गते पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने पार्टीको निर्णयविपरित तटस्थ बसेपछि पुनः उनलाई पार्टीले पुनः कारबाही गरेको थियो । सर्वोच्चको आदेशपछि राष्ट्रिय जनमोर्चा र प्रदेश सभा सचिवालयले पुनरावेदनका लागि निवदेन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै पार्टीको निर्णयलाई सर्वोच्चले सदर गरिदिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->