आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

डेनमार्क र फिनल्याण्डको खेलमा छाएको त्यो सन्नाटा

डेनमार्क र फिनल्याण्डको खेलमा छाएको त्यो सन्नाटा

नेपालमा एन्फाको पूर्व तयारी


  • विजय नेपाली
  • जेष्ठ ३१ २०७८, सोमबार

शनिवार राती युरोपा कपमा डेनमार्क र फिनल्याण्ड बिच निकै प्रतिस्पर्धात्मक खेल चलिरहेको थियो । पहिलो हाफ करिब करिब बराबरीमै रोकिन लागेको थियो । दर्शकहरु आ–आफ्नो राष्ट्रलाई समर्थन गरिरहेका थिए ।

दर्शकको कोलाहले फुटबल रंगशालामा छुट्टै रौनक दिइरहेको थियो । खेलमा लिप्त दर्शक अनि गोल गर्ने प्रयासमा दुई टोली, प्रत्यक्ष प्रशारण अनि खेल खेलाउँदै गरेका रेफ्रीहरुको खेलको ४३ औ मिनेटमा रोकिए । दर्शकको कोलाहमा पूर्णविराम लाग्यो । खेलाडीहरु बल छाडे । डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन अचानक लडे र अचेत भए । उनको साथीले उनलाई बल पास दिदैँ गर्दा उनी अचानक ढल्न पुगेका थिए । एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) दिए ।

करिब १५ मिनेट उनको मैदानमै उपचार भयो । सयौँ दर्शकले भरिएको अनि क्यामेराले खिचिरहेको उनको अवस्थामा टोलीका अन्य सदस्यले घेराउ गर्दै सिपिआर दिइरहेका थिए । जुन क्षण निकै भावुक थियो । कोहि प्राथना गरिरहेका थिए । कोहि रोइरहेका थिए । एरिक्सनको स्वास्थ्य लाभको कामना गर्दै दर्शकहरु, विपक्षी खेलाडीहरु, उनका साथीहरु अफिसियलहरु डराइरहेका थिए । त्यहाँ सबैले मानवतालाई पछ्याइरहेका थिए ।

उनका २ वर्षीय छोरा प्यारामेडिक्सले बुबाको जीवन बचाउन संघर्ष गरिरहेको थियो । त्यो समय उसको जीवनको एक नमिठो क्षण थियो । जहाँ एक राष्ट्र अर्को राष्ट्रसंग हारिरहेको थियो । एक छोरा आफ्नो बुबा प्रति गौरव गरिरहेको थियो । धनसम्पती, माया, सास सबै एक क्षणमै धुलोमा मिसिने अवस्थामा पुग्दै थियो । छोरा मैदानमै पुगेका थिए ।

एकातिर विश्वभर कोरोना महामारीले रुवाइरहेको अवस्थामा युरोपाकपले मलमको काम गर्दै थियो तर सोहि मलमले समेत केहि क्षण दुर्घटनामा परिणत गर्दै थियो । १० नम्बर जर्सीमा रहेका एरिक्सनमाथि सबैको आशिष लाग्यो । अस्पताल पु¥याइएको उनको अवस्थामा सुधार आयो । उनी खतरामुक्त हुन पुगेका छन् । करिब डेढ घण्टा रोकिएको खेल पुन ः सुचारु भएको थियो ।

उक्त खेल फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । फुटबलमा यस्तै घटना सन् २०१२ मा समेत भएको थियो । बोल्टोन वान्डरर्सका फाब्रिस मुआम्बा एक्कासि मैदानमा लडेका थिए ।

नेपालमा एन्फाको पूर्व तयारी
एरिक्सनको जस्तो घटना नेपालमा नहोस भन्ने हेतुले अखिल नेपाल फुटबल संघ (एन्फा) र गंगालाल हृदय केन्द्रबीच फागुनमा खेलाडीको प्रि मेडिकल एसिसमेन्ट गर्ने सम्झौता भएको थियो । जुन सम्झौताले शनिवारको खेल झैँ नेपालमा हुने खेलका लागि तयारी गरिरहेको जानकारी दियो ।

त्यसता घटनामा सावधानी अपनाउनका लागि नै एन्फाले फागुनमा पूर्व तयारी गरको थियो । एन्फाले पहिलो चरणमा ए डिभिजन क्लबका खेलाडीको न्युनतम शुल्कमा प्रि मेडिकल एसेसमेन्ट गर्ने गरी चार वर्षका लागि सम्झौता गरेको थियो । प्रि मेडिकल एसेसमेन्टले खेलाडीको मुटुको चाल सम्बन्धी र उनको स्वास्थ्यको वारेमा जानकारी दिन्छ । जस्ले खेलका दौरान युरोकपको जस्तो दृष्य सम्भवत देख्न पर्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->