बागलुङ, १ असार– कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि भीमापोखरा युवा क्लब (बिवाईसी) बागलुङमार्फत हेफर इन्टरनेश्नल नेपालले काठेखोला गाउँपालिकालाई नगद सहयोग गरेको छ । संस्थाले पाँच लाख नगद सोमबार हस्तान्तरण गरेको हो ।
हेफर इन्टरनेश्नल नेपालको सयोग, बिवाइसी बागलुङको ब्यवस्थापन र काठेखोला वडा नंं ४ तंग्रामको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थार बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा उक्त रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा कँडेलले गाउँपालिकाको कोरोना महामारीबिरुद्धको लडाईमा साथ दिएको बताए ।
काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले सक्रमितको संख्या निकै बढेको भन्दै कोरोनाको संक्रमणलाई रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा यो सयोग रकमले निकै सहयोग पुग्ने बताए । उनले हेफर इन्टननेश्नल नेपाल, विवाइसी, बागलुङ र सप्तरंगी र बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थालाई धन्यबाद दिए ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य एवम सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक टिका संगम बिकले धन्यबाद मन्तब्य र सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थम कुमारी श्रीसले कार्यक्रम औचित्यमाथि प्रकाश पारेका थिए ।





