बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा पहिरो : पाँच घर बिस्थापित, सबै सडक अबरुद्ध

बागलुङमा पहिरो : पाँच घर बिस्थापित, सबै सडक अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार १ २०७८, मंगलबार
फाईल तस्विर

बागलुङ, १ असार– निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजारहुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्र बहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडा अध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउाकै बलबहादुर जिसी, कृष्ण जिसी लगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यहरुलाई अन्यत्रै सार्ने काम भैरहेको छ । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको लामिछानेले बताए ।
पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहहरुबिचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढंगामा पहिरोले अबरुद्ध गरेको छ । बागलुङ कुश्मीशेरा सडक, बागलुङ बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामहरुबाट वडा कार्यालय तथा गाउँ बस्तिहरुजोड्ने सबै सडकहरुमा ठाउँ ठाउँमा पहिरो खसेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->