पोखरा, १ असार– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष सहितको टोली एक हप्तामा दुई पटक पोखरा आएका छन् । पहिलो पटक पोखरा आएका अध्यक्ष सहितको टोलीले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) तथा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेट्न आएका थिए । तर गण्डकी प्रदेशको राजनैतिक अवस्थाका कारण शेर्पाले मुख्यमन्त्री गुरुङलाई भने भेटेनन् । मुख्य मन्त्री गुरुङकै अनुरोधमा खेलकुद मन्त्री दीपक मनाङे र गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङलाइ भेटेका थिए । दोस्रो पटक आउँद नवनियुक्ति मुख्य मन्त्री कृष्ण चन्द नेपाली पोखरेललाइ भेटेका थिए । स्रोतका अनुसार गण्डकी प्रदेशमा निमार्णधिन फुटबल मैदान र फिफा ड्रिम प्रोजेक्टका लागि बजेट विनियोजनका लागि आएको बताए । गण्डकी प्रदेश परिषद्ले ड्रिम प्रोजेक्टमा बजेट कम पारेको देखिएकाले टोलीले बजेट बढाएर प्रस्ताव गर्न आग्रह गरेका थिए । सदस्य सचिव गुरुङले पनि सोहि अनुसार नै पछिमात्र बजेट बढाएर माग गरेका थिए । उता पोखरा रंगशालामा निमार्णधिन फुटबल मैदानका लागि फ्लड लाइटका लागि समेत बजेट हाल्न आग्रह गरिएको स्रोतले बताए । यद्यपी बजेटमा भने भेडाबारीका लागि केहि रकम विनियोजन हुने देखिएको छ । तर रंगशालाको विषयमा भने यकिन भएको छैन् ।





