बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङको दोर्दीखोलाले १५ घर बगायो, वडाध्यक्ष भन्छन्, ‘रमिता हेनुबाहेक उपाय छैन’

लमजुङको दोर्दीखोलाले १५ घर बगायो, वडाध्यक्ष भन्छन्, ‘रमिता हेनुबाहेक उपाय छैन’


  • ढोरपाटन संवाददाता
  • असार २ २०७८, बुधबार

लमजुङ, २ असार – ३ दिनदेखि लगातार परिरहेको पानीले लमजुङको दोर्दी गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । स्थानीय दोर्दी खोलामा आएको बाढीले दोर्दी ८, हिलेबजारको १५ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।
बाढीले बजारको ४ वटा बिजुलीको हाइटेन्सन पोल पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध हुन थालेको वडाध्यक्ष घलेले जानकारी दिए । ‘हाइटेन्सन पोल ढालेको छ । अरु पोल कति ढले ढले नकुरा गरम्,’ उनले भने, ‘हाम्रो वडा लथालिंग भयो । पानी परेको प¥यै छ । रमिता हेर्नुबाहेक उपाय छैन ।’
बाढीका कारणm स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए । ‘अरु ३, ४ वटा घर पनि पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो,’ उनले भने ।
बाढीले दोर्दी खोलामाथि बनेको झोलुंगे पुलमा पनि क्षति पु¥याएकाले आवतजावत नै बन्द भएको उनले जानकारी दिए । हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पु¥याएको उनले बताए । ‘बजार खोलाभन्दा धेरै माथि थियो, कसरी बढ्यो थाहै भएन,’ उनले भने ।
बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए । उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भाछ । बिजोग भयो हामी ।’
राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए । ‘सबै बाटो पहिरोले खायो । हामी त सम्पर्कविहीन हुने अवस्था आइसक्यो,’ उनले भने, ‘सदरमुकामबाट बाटो आउन सक्ने स्थिति छैन । गाडीहरु पनि आउन सक्दैनन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->