आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रातभर खोलामा फसेका नौ जनालाई एक्साभेटरले गर्यो उद्धार 

रातभर खोलामा फसेका नौ जनालाई एक्साभेटरले गर्यो उद्धार 

उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाउने पहल भए पनि मौसम प्रतिकूल हुँदा सम्भव नभएपछि एक्साभेटरको सहायताबाट उद्धार गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार २ २०७८, बुधबार

लमजुङ, २ असार – जिल्लाको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका नौजनाको उद्धार गरिएको छ । मध्यनेपाल-६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनाको उद्धार गरिएको हो ।
रातभर खोलाको बीचमा फसेका नौजनालाई एक्साभेटरको सहायतामा उद्धार गरिएको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । प्रहरी निरीक्षक रेग्मीका अनुसार उद्धार गरिएकाहरूमा मध्यनेपाल–७ का रतिमाया परियार, जमुना परियार, लक्ष्मी परियार, पुष्पा परियार, आइतबहादुर परियार, कृष्ण परियार, अर्जुन परियार र सन्दीप परियार रहेका छन् ।
मंगलबार दिनभर मिदिम खोला किनारमा रोपाइँमा लागेका परिवार साँझपख एक्कासी खोलामा बाढी आएको र खोलाको पानी दुई भंगालो भएर बगेपछि बीचमा फसेका थिए । उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाउने पहल भए पनि मौसम प्रतिकूल हुँदा सम्भव नभएपछि एक्साभेटरको सहायताबाट उद्धार गरिएको नगरप्रमुख पाण्डेले बताए ।
उनले भने ‘खोलामा पानीको बहाव अत्यधिक बढी भएको र रात परिसकेको हुँदा मंगलबार उनीहरूको उद्धारमा कठिनाइ भएको थियो ।’ उद्धारका लागि नगरप्रमुख  पाण्डेसहित इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख एवं प्रहरी निरीक्षक बोधराज रेग्मी, स्थानीय वडाध्यक्षहरू जुटेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->