पोखरा, ४ असार – नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृष्णचन्द्र नेपाली पोखरेलको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् । विश्वासको मत माथि शुक्रवार प्रदेशसभामा शालीन ढंगले प्रस्तुत भएका गुरुङले संघीयता बलियो बनाउने काममा यो सरकारलाई पूरा समर्थन रहने घोषणा गरे ।
नेताहरुमा रहेको केन्द्रीकृत मानशिकताको सोचको कारण हिजो आफूले मुख्यमन्त्रीको रुपमा दुःख पाएको र त्यो दुःख कृष्णचन्द्र नेपालीले पनि पाउनसक्ने उल्लेख गर्दै उनले भने,‘ प्रदेश सरकारका मुख्यमन्त्रीहरु धेरै अप्ठेरोमा हुनुहुन्छ, त्योमध्ये माननीय कृष्णचन्द्र नेपाली पनि हुनुहुन्छ । हिजो म पनि थिएँ । संघीयतको पक्षमा डटेर लाग्छ भने यो सरकारलाई सघाउन नेकपा एमाले तयार छ । तपाईंहरु संघीयता बलियो बनाउन लाग्नुहुन्छ भने सहयात्रा गर्न तयार छौँ ।’
उनले पहिलो संविधान सभा कार्यकालमा आफू ककसको अध्यक्ष हुँदा नै अहिलेका शीर्ष नेताहरुको मानशिकता बुझेको जिकिर गर्दै तीमध्ये केहीको व्यापारिक र अन्य स्वार्थ रहेको खुलासा पनि गरे । ‘काठमाडौंको मानशिकता भन्छु म, तपाईंहरु केपी ओलीलाई मात्र भन्नुहुन्छ, म पहिलो संविधानसभामा ककसको नेता भएकाले हरेक नेताका दृष्टिकोण र व्यवहारका कुरा सुनाउने हो भने, हरेक नेताहरुको कसले कहाँ व्यापार, राजनीति व्यापारको लागि कुरा गर्छ, कसले साँचो संघीयताको लागि कुरा गर्छ मैले बुझेको छु, त्यहाँको माइण्ड सेट, त्यहाँको ठूलाठूला ब्यूरोक्रयाट, टेक्नोक्र्याटहरु, त्यहाँभित्र मुख्यसचिवदेखि सारा सचिवहरुको कुरा, थोरैमात्र ब्यूरोक्र्याट छन्, उनीहरुलाई मात्र संघीयताको लागि स्यालुट गर्नुपर्छ,’ उनले भने ।
गुरुङले व्यक्तिको हिसाबले नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको प्रशंसा पनि गरे । ‘व्यक्तिको हिसाबले माननीय मुख्यमन्त्रीज्यू, हामी सायद ५९ जना छौँ होला सायद । यीमध्ये सबैभन्दा पाको, शालीन र गौरवशाली राजनीतिक परिवारबाट आउनु भएको व्यक्तिलाई म विश्वासको मत दिन्नँ भन्न मलाई गाह्रो भो,’ उनले भने,‘ तर उहाँले म कृष्णचन्द्र नेपालीलाई विश्वासको मत दिनुहोस् भन्न आउनु भएको हैन, उहाँको गठबन्धनलाई विश्वासको मत माग्न आउनु भएको हो । म उहाँको सरकारलाई शुभकामना व्यक्त गर्न चाहन्छु । तर, उहाँ जुन गठबन्धनबाट आउनु भएको छ, त्यसलाई एमाले गण्डकी संसदीय दलले मत दिन नसक्ने प्रष्ट पार्न चाहन्छु ।’