बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काम गर्दागर्दै बेहोस, अस्पताल ल्याउँदा युवाको मृत्यु

काम गर्दागर्दै बेहोस, अस्पताल ल्याउँदा युवाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • असार ४ २०७८, शुक्रबार

बागलुङ, ४ असार– बाढीले ल्याएको हिलो र गग्रेटो सफा गर्ने क्रममा बेहोस भएका बागलुङमा एक युवाको मृत्यु भएको छ ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङका १९ बर्षिय सागर नेपालीको शुक्रवार दिउसो मृत्यु भएको हो । बागलुङ नगरपालिका वडा नं. ४ स्थित उपल्लाचौरमा रहेका मोटर ग्यारेजमा उनी कार्यरत थिए ।

ससुरा यामबहादुर बिक सँगै काम गरिहरेका नेपाली अचानक बेहोस भएर ढलेका थिए । माटो उठाएर ठेलामा फाल्ने क्रममा ढलेकोले उनलाई करेन्ट लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । तर अहिले सम्म उनलाई के भएको थियो भन्ने यकिन भैनसकेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताए । अचेत भएका नेपालीलाई उपचारकालािग अस्पताल लगिएको थियो । अस्पताल पुग्दानपुग्दै उनको मृत्यु भएको हो । उनको शव अस्पतालमा राखिएको छ । के कारणले मृत्यु भयो भन्ने समेत यकिन नभएकोले पोष्टमार्टम रिर्पोट नआएसम्म केही बताउन नसकिएको हवारीले जानकारी दिए । ‘उनको शरिर कतै डडेको पनि छैन, घाउचोट पनि छैन, त्यसैले पोष्टमार्टम कुर्नुपर्ने छ’ हवारीले भने, घटनाको अनुसन्धान भैरहेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->