बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आगोलागीले घर जल्यो, लाखौंको क्षति

आगोलागीले घर जल्यो, लाखौंको क्षति


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

बागलुङ, ५ असार– बागलुङको तित्याङमा शनिबार बिहान एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका–९ तित्याङको बुकेनीका मन बहादुर थापाको घरमा ग्यास लिग भएर आगलागी भएको हो ।
भान्छाकोठाबाट भएको आगलागीले तीन लाख बढीको क्षति भएको वडाअध्यक्ष गणेश थापाले बताए । आगलागीबाट भान्सा कोठा र त्यहाँका सवै सामाग्री पुर्ण रुपमा नष्ट भएको छ भने आगलागी नियन्त्रणका क्रममा सोही परिवारका सदस्य नवीन थापाको हातमा गहिरो चोट लागेको थापाले बताए । ‘समयमा खवर हुँदा आगो नियन्त्रणमा आयो, थप क्षति हुन पाएन’ वडाअध्यक्ष थापाले भने ‘नविनको हातमा गहिरो चोट र नजिकैको स्वास्थ्य संस्थामा लगेर उनको उपचार भएको छ ।’ आगलागी विपद व्यवस्थापन गुल्म बागलुङले नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->