बागलुङ, ७ असार– बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका वडा नं. १ मालढुंगास्थित काठेखोलाको पक्कि मर्मत भएको छ । संघीय सडक डिभिजन कार्यालय बागलुङले पुल मर्मत गरेको हो ।
असार १ गते वर्षासँगै आएको बाढीले पुलको पूर्वतर्फ भागमा क्षति पु¥याएको थियो । पुलको संरचना नभत्किएको र पूर्वी किनाराको सडक बगाएकाले तत्काल पुल मर्मतको काम सम्भव भएको यन्जिनियर सुरेन्द्र गौतमले बताए । पुलछेउमा पहिरो खसेर खोला थुनिएको थियो । पहिरोसँगै आएका चट्टानले पानीको बहाव रोकिँदा पुल आसपासको जमिन खोलेको थियो ।
अहिले चट्टान फुटाएर पानी बहाव आफ्नै गतिमा जाने बनाईएको छ । पुलमा क्षति पुगेपछि जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कबिहिन थियो । डिभिजन कार्यालयले तत्कालै मर्मतको काम थालेकाले तीन दिनमै पुल मर्मतको काम सकिएको सूचना अधिकारी मुकुन्द लामिछाने बताए । पुलमार्फत सवारी आवातजावत गर्नसक्ने भएपछि जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कमा आएको छ ।
बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरमा खसेका पहिरो पन्छाउन समय लागेकाको थियो । सडक सुचारु भएपछि जैमिनी, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र बरेङ गाउँपालिका सडक सम्पर्कमा आएका छन् ।





