बागलुङ, ७ असार– जिल्ला प्रशासन कार्यालयले बागलुङमा छैटौं पटक निषेधाज्ञा थप गरेको छ । यस अघि लगाएको भन्दा केहि खुकुलो बनाएर आउँदो असार १५ गतेसम्म निशेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनकालागि निषेधाज्ञा थप गरेको हो ।
होटल, बस व्यवसाय, शैक्षिक संस्था, सिनेमाघर, व्युटिपार्लर, जिमहल लगायतका केहि सेवामुलक व्यवसाय बाहेक सबै पसलहरु असार ८ गतेदेखि बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्ने भएका छन् । रेष्टुरेण्टहरुले काउन्टर खुल्ला नगरीकन होम डेलिभरीको व्यवस्थागर्न सकिने निर्णयमा भनिएको छ ।
निजी सवारी साधनलाई जोर बिजोर प्रणालिमा सञ्चालनमा आउन दिने निर्णय भएको छ । चारपांग्रे र दुई पांग्रे सवारी साधन गतेअनुसार जोर बिजोर प्रणालिमा सञ्चालन गर्न दिने निर्णय भएको हो । बैंक तथा बित्तिय संस्थालाई बिहान ९ बजेदेखि १२ बजेसम्म सबै दिन खोल्न दिने निर्णय भएको छ । सहकारी संस्थाहरुले घर घरमा पुगेर दैनिक बचत संकलन नगर्नेगरी खुल्ला गर्ने निर्णय भएको हो ।





