शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मन्त्रालय भन्छ : काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

मन्त्रालय भन्छ : काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी

स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकलपर्सन देव प्रकाश घिमिर भन्छन: ‘एकै दिनको तथ्यांक त्यति धेरै होईन् ।’


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७८, सोमबार

पोखरा, ७ असार – पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर यो संख्या सोमबार दिउँसो सम्म सकृय संक्रमितको संख्या हो । मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ भने काठमाडौंमा २८५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।
‘मन्त्रालयले कसरी तथ्यांक देखायो थाहा भएन, यहाँ सकृय संक्रमितको संख्या ३ सय हो’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले ढोरपाटनसंग भने ‘एकै दिनको तथ्यांक त्यति धेरै होईन् ।’ उनका अनुसार मन्त्रालयले आज सार्वजानिक गरेको तथ्यांक गलत छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण देखिएको छभने ११ देखि २० वर्ष उमेर समूहका १५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->