शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विवाह भोज खाएका एउटै टोलका ३५ जनामा कोरोना संक्रमण

विवाह भोज खाएका एउटै टोलका ३५ जनामा कोरोना संक्रमण

चार वडा संक्रमण मुक्त, खतरामा मुकाम र आसपासका वडा


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७८, सोमबार

बागलुङ, ७ असार– बागलुङ नगरपालिका वडा नं. ३ मा केही दिनअघि विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनीहरुमा कोरोना पुष्टि भएको हो ।
एक साताअघि विवाह भोजमा सहभागि भएकाहरुमा कोरोनासँग मिल्दाजुल्दा लक्षणसहित बिरामी परेपछि बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेको थियो । लक्षण देखिएका ५० जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
सदरमुकाम बागलुङ बजार छेवैको गाउँभरि नै संक्रमण फैलिएको पाईएको हो । उक्त क्षेत्र शिल गर्ने बिषयमा छलफल चलिरहेको छ । स्थानीयले होम आईसोलेसनमै बस्ने र बाहिर ननिस्कने प्रतिबद्धता जनाएको खानलले बताए । विवाह भोजमा सहभागी भएका र संक्रमितको सम्पर्कमा आएका अन्यको खोजी भैरहेको खनालले बताए ।
संक्रमितहरुमा खोकी लाग्ने, ज्वरो आउने लगायतका लक्षणहरु छन् । खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै संक्रमित देखिएको वडा नं. १४ नारायणस्थान सक्रिय संक्रमित मुक्त भएको छ । त्यस्तै वडा नं. ११ रायडाँडा, वडा नं. ५ मालिका र वडा नं. ८ सिगानामा सक्रिय संक्रमितको संख्या शुन्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->